Shikhar Insurance

साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न मन्त्री अर्यालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार ११:५६
NIMB
Nabil Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरेका छन् । बुधबार साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्ससँगको भेटमा मन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरेका हुन् ।

भेटमा साइप्रस र नेपालबीच श्रम लगायत आपसी हितका बिषयमा छलफल भएको थियो । छलफलमा श्रममन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरे । साइप्रस सरकारले माग गरेअनुसारको सीप भएका श्रमिक पठाउनका लागि सीप तालिम सञ्चालन गर्न सहयोग गर्न आग्रह गरे । साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन् । साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए ।

Citizen Life
Kumar Bank

त्यस्तै, साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले साइप्रसले आफनो विकास कोष मार्फत नेपाली श्रमिकको सीप विकास तालिममा सहयोग गर्न सक्ने बताए । त्यस्तै, नेपाल सरकारको सहभागीतामा नै नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्