Shikhar Insurance

आगामी आर्थिक वर्ष २०८१/०८२ मा आर्थिक वृद्धि ६ प्रतिशत हुने योजना आयोगको अनुमान

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १२:५१
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी वर्ष २०८१/०८२ मा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । आयोगले १६औं पञ्चवर्षिय आवधिक योजनामा पाँच वर्षमा औषत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको हो ।

आयोगले बुधबार सोह्रौं योजना (०८१/८२-०८५/८६)को अन्तर्वस्तु सार्वजनिक गर्दै महत्वकाँक्षी लक्ष्य लिएको हो । मंगलबार (जेठ १) मन्त्रिपरिषद्ले सोह्रौं योजना पारित गरेको थियो । कार्यक्रममा आयोका प्रवक्ता यमलाल भुसालले आवधिक योजना स्वीकृति गर्ने र कार्यान्वयन हुने दुर्लभ घटना भएको बताए । उनले भने, ‘६७ वर्षको अवधिमा पाँच वटा त्रिवर्षीय र १० वटा पञ्चवर्षिय योजना आएका छन् ।’

Citizen Life
Kumar Bank

उनका अनुसार सोह्रौ योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र संभावनाहरू पहिचान गरेको बताए। उनले भने, ‘राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन् । तीन तहका सरकारको सक्रियता र आर्थिक-सामाजिक तथा पूर्वाधार विकासमा संलग्नता छन् ।’

निजी क्षेत्रको व्यावसायिक कुशलता र उद्यमशीलता विकास, पुँजी र प्रविधिको उपलब्धतामा वृद्धि, सूचना प्रविधिको विकास र प्रयोगमा वृद्धि, र कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा उच्च प्रतिस्पर्धी क्षमता र रोजगारी सिर्जनाका सम्भावना रहेको उनले बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्