Shikhar Insurance

किक्रेटर लामिछानेलाई उच्च अदालतबाट सफाइ, के अब विश्वकप खेल्न पाउँछन् ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै विश्वकप खेल्न पाउँने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले  १५ जनाको नाम पेश गरेको छ । मैदानमा खेल्न उत्रिएका एक खेलाडीको घाइते भएको रिर्पोट बनाएर आइसीसीलाई आग्रह गर्ने निर्णय नेपाल क्रिकेट संघ (क्यान) ले गरेको हो ।

Citizen Life
Kumar Bank

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको हो । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्