Shikhar Insurance

लक्ष्मी मोटर कोर्पोरेसनको ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १८:३८
NIMB
Nabil Bank

रामग्राम । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) को ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा सम्पन्न भएको हो ।

Citizen Life
Kumar Bank

सो कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा संचारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरु द्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो, जसबाट हुण्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो ।

त्यसैगरी उद्घाटन समारोहको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो । लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलले विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राखेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्