Shikhar Insurance

धितोपत्र बोर्डको अध्यक्ष माओवादी र राष्ट्रिय वाणिज्य बैंक एमालेले लिने सहमति

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १०:३७
NIMB
Nabil Bank

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख घटक नेकपा(एमाले) र माओवादी केन्द्रबीच नेपाल धितोपत्र बोर्डको अध्यक्ष र राष्ट्रिय बाणिज्य बैंकको सीईओ भागबण्डामा लिने सहमति भएको छ ।

सहमति अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद माओवादी पार्टी र राष्ट्रिय बाणिज्य बैंकको सीईओ एमालेले लिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र अर्थमन्त्री वर्षमान पुनबिच बोर्ड र बैंकको नेतृत्व भागबण्डा गर्ने सहमति भएको हो ।

Citizen Life
Kumar Bank

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ । टप पाँच जनाको नाम सार्वजनिक गरेको अध्यक्ष छनौट समितिले अन्तरवार्ताका लागि बोलाएर पनि स्थगित गरेको थियो । अहिले सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा पनि सीईओ छनौट प्रक्रिया अघि बढेको छ र टप पाँच जनाको नाम छानेर अन्तरवार्ताका लागि जेठ ९ गतेको समय तोकिसकिएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा रहेकामध्ये डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, कृष्ण बहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ अन्तिम पाँचमा छानिएका छन् । उनीहरुमध्ये सन्तोष नारायण श्रेष्ठ नेपाली काँग्रेस निकट हुन् भने बाँकी चारै जना प्रतिष्पर्धी नेकपा(माओवादी केन्द्र) निकट मानिन्छन् ।

अर्थात धितोपत्र बोर्डमा एमालेका कुनै पनि क्याडर अन्तिम पाँचमा परेका छैनन् । यद्यपी एमाले अध्यक्ष केपी ओलीले काँग्रेस कार्यकर्ता नै भए पनि सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई दबाव दिँदै आएका थिए । बोर्डमा अध्यक्ष नियुक्ति प्रकरणले गठबन्धनमै अविश्वास उत्पन्न भैसकेको थियो । त्यहि क्रममा राष्ट्रिय बाणिज्य बैंकमा सीईओ नियुक्ती प्रक्रिया अघि बढाएर केपी ओलीको ध्यान त्यता खिच्न प्रचण्ड–वर्षमान सफल भएका हुन् । उता, सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा सीई नियुक्ति प्रक्रिया पनि टप पाँचसम्म पुगिसकेको छ ।

बैंकको सीईओ बन्न दौडमा रहेकामध्ये कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, बिष्णुदेव यादव र शंकर केसीको नाम टप पाँच जनामा परेको छ । उनीहरुमध्ये नेपाल बैंकका पूर्व सीईओ समेत रहेका कृष्ण बहादुर अधिकारी र बैंकका निमित्त सीईओ देवेन्द्र रमण खनाललाई प्रवल दावेदार मानिएका छन् । यीमध्ये खनाल गोरखाका हुन् भने परराष्ट्र मन्त्री नारायणकाजीसँग उनको घनिष्ठ सम्बन्ध छ ।

नेपाल बैंकका पूर्व सीईओ समेत रहेका कृष्ण अधिकारी भने लमजुङका हुन् । उनलाई केपी ओली नेतृत्वको सरकारका पालामा नेपाल बैंकको सीईओ नियुक्त गरिएको थियो । उनी एमाले उप महासचिव पृथ्वी सुब्बा गुरुङ र उपाध्यक्ष बिष्णु पौडेल निकट मानिन्छन् । उनै अधिकारीलाई सीईओ बनाउने तयारी एमालेले गरेको छ । राष्ट्रिय बाणिज्य बैंकमा केपी ओलीको बिशेष चासो छ । ओलीले नियुक्त गरेका किरण श्रेष्ठले बैंकमा दुई कार्यकाल अर्थात ८ बर्ष काम गरेका थिए । उनै श्रेष्ठलाई विस्थापित गरेर अब अधिकारीलाई सीईओ बनाउने तयारी गरिएको हो ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्