Shikhar Insurance

कर बढ्न सक्ने भन्दै सुर्य नेपाल प्रालीले चुरोट बिक्री बन्द गर्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । बजेट नजिकिएसँगै सुर्य नेपाल प्रालीले चुरोट बिक्री वितरणलाई घटाएको छ । प्रालीले होसेलरहरुलाई चुरोट बिक्रीको परिमाण घटाएको हो । प्रत्येक वर्ष नेगेटिभ लिष्ट चुरोटमा सरकारले कर बढाउँदै आएको छ । यो वर्ष पनि कर बढ्न सक्ने भन्दै चुरोट बिक्री वितरण रोकेको हो ।

कम्पनीले मागेजति चुरोट उपलब्ध नगराएको नेपालटारका एक होलसेल व्यापारीले बताए । ती व्यापारीले भने, ‘बजेट नजिकिदैं गएको छ, कर बढ्न सक्ने भन्दै कम्पनीले कम परिमाणमा मात्रै चुरोट उपलब्ध गराउँदै आएको छ ।’

Citizen Life
Kumar Bank

ती व्यापारीले बुधबार धेरै रिटेलरहरुलाई चुरोट बिक्री गर्न नपाएको गुनासो गरे । चुरोट खरिद गर्न ४ वटा होलसेल धाउँदा पनि चुरोट नपाएको एक रिटेल व्यापारीले बताए । ती रिटेल व्यापारीले भने, ‘मलाई ४ पेटी चुरोट चाहिएको छ, तर कुनै होलसेलले पनि उपलब्ध गराइरहेका छैनन ।’

नगद भुक्तानी गर्दा पनि चुरोट नपाउँदा ती रिटेल व्यापारीले दुख व्यक्त गरिन् ।  कम्पनीले प्रत्येक वर्ष बजेटअघि बिक्री वितरणलाई ठप्प पार्ने गरेको छ । बजेट अघि ठूलो मात्रामा अन्तशुल्क स्टीकर खरिद गर्ने र कर बढेपछि मूल्य बढाएर कम्पनीले बिक्री गर्ने गरेको छ ।

कम्पनीको चुरोट बजारमा लगभग एकाधिकार जस्तै छ । एकाधिकारको मौका छोपेर कम्पनीले चुरोट व्यापारमा कार्टेलिङ गर्ने देखिएको हो । स्रोतका अनुसार कम्पनीले आगामी वर्ष चुरोटमा कर नबढाउँन चर्को लबिङ गर्दै आएको छ । यसका लागि अर्थमन्त्रीको टिमसँग गोप्य छलफल समेत गरिरहेको छ । कम्पनीले वर्षेनी करको दर बढ्दै जादाँ चुरोट महँगो भएकाले उपभोग घटेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ ।

कम्पनीले भने चुरोट बिक्री बन्द नगरेको दाबी गरेको छ । कम्पनीका भाइस प्रेसिडेन्ट रवि केसीले भने, ‘चुरोट बिक्री नभएर फ्याक्ट्री नै ४ दिनदेखी बन्द छ, गोदाम पुरै भरिएको छ, तर होलसेलरहरुले महिनामा ४ कार्टुन बिक्री गर्दै आएकोमा एकैपटक १०० कार्टुन माग्यो भने दिन सकिदैन ।’

व्यवसायी केसीका अनुसार विगतमा चुरोट बिक्रीको समस्या भएपनि अहिले नभएको दाबी छ । चुरोटको बिक्री घटेपछि कम्पनीले विद्युतिय चुरोटमाथी आयात प्रतिबन्ध लगाउन नीतिगत लबिङ गरिरहेको छ । यसका लगि सम्बन्धित निकायमाथी दबाब बढाइरहेको छ ।

सरकारले चुरोटमा एकाधिकर प्रदान गरेर चर्को कार्टेलिङको अवसर दिएको उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । उनले भने, ‘राज्यले कि त चुरोटको उत्पादन तथा बिक्री वितरण नै रोक्नुपर्छ, होइन भने सिमित कम्पनीलाई मात्रै उत्पादन बिक्री वितरणको वातावरण मिलाउनु दुखद विषय हो ।’

कम्पनीको अनुसार देशभर ५ हजार होलसेल पसल र १ लाख रिटेल पसलहरु रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्