Shikhar Insurance

ढोरपाटनका किसानलाई बजारसँग जोड्न ७ करोड लगानीमा चक्रपथ निर्माण

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार १३:४५
NIMB
Nabil Bank

ढोरपाटन । पहाडैपहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ । गाउँपालिकाले ७ करोडको लगानीमा उक्त चक्रपथ निर्माण गरेको हो ।

विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले, हुँदै सल्यान जोडेको छ । ग्रामीण चक्रपथले दर्जनौँ गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन् । चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पु¥याएको छ । चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पु¥याउन सहज हुने भएको छ ।

Citizen Life
Kumar Bank

चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पु¥याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उनको भनाइ छ । चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउँछन् । ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूर्ण भए पनि आफूहरुले ठूलै लगानी गरेर सम्पन्न गरेको उनको भनाइ छ । अब चक्रपथको स्तरोन्नति गरिने उनले बताए ।

अध्यक्ष शर्माले भने,“लामो समय मेहनत गरेर चक्रपथ निर्माण गरिएको छ, यसले पालिकाभित्रका धेरै गाउँबस्तीलाई जोड्ने हुँदा हजारौँ नागरिक लाभान्वित हुने छन्, यसबाट किसानले बढी लाभ लिने छन् । यो सडक गाउँपालिकाको गौरवको आयोजना हो । हरेक वर्ष हाम्रो प्राथमिकतामा पर्छ, सडक खुलेपछि कृषि उपज बजारीकरण गर्न सहज भएको छ ।”

स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताए । यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने उनले बताए । गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पु¥याउन सजिलो भएको छ । “पहिला डोकोमा बोकेर सडक भएको ठाउँसम्म पु¥याउनुपथ्र्यो, अहिले बारीबाटै गाडीमा राखेर बजार पु¥याउन सकिन्छ”, पुनले भने ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्