Shikhar Insurance

आइएमई लाइफकाे २६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार ०९:५१
NIMB
Nabil Bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्न आज (जेठ १३) गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीले सातौं वार्षिक जेठ २८ गते आम्रपाली ब्याङ्गकेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने आव्हान गरेको छ ।

Citizen Life
Kumar Bank

सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभामा चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न उक जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ ।

कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्