Shikhar Insurance

न्युनतम मूल्य ७ सय ५८ रुपैयाँमा सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १०:०५
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य ७ सय ५८ रुपैयाँ रहेको छ । सेयर लिलामीको लागि बैंककले जो कोही व्यक्ति वा संघ संस्थाले आजको (जेठ १३ गते) देखि जेठ २० गतेसम्म खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank

आवेदन दिन इच्छुक व्यक्तिहरले बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

बोलपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, बुटवल, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पेश गर्न सक्नेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्