Shikhar Insurance

नेशनल लाइफकाे बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १०:१४
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क शत प्रतिशत छुट दिने निर्णय गरेको छ ।

कम्पनीबाट जारी भई व्यतित भएका बीमलेखहरू जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank

कम्पनीले २०७७ सालदेखि हालसम्म व्यतित भएका बीमालेखमा शत प्रतिशत, ०७४ साल चैत्र २ गते देखि २०७७ साल चैत्र १ गतेसम्म व्यतित बीमालेखमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ साल चैत्र १ गतेसम्म ब्यतित बीमालेखमा ६० प्रतिशत छुट दिने जनाएको छ ।

साथै, नवीकरण मितिले दुई वर्षभित्र अवधि समाप्ती हुने बीमलेखमा छुट नहुने र बीमा अवधिभर यो सुविधा एकपटक मात्र लागू हने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्