Shikhar Insurance

डिम्याट खाता नवीकरण गर्न हिमालयन क्यापिटलको आग्रह

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १०:२६
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले डिम्याट खाता नवीकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीले हिमालयन बैंक, साविक सिभिल बैंक, हिमालयन क्यापिटल तथा साविक सिभिल क्यापिटल मार्केटमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका सेयरधनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

Citizen Life
Kumar Bank

डिम्याट खातावालाहरूले प्रत्येक आवमा १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । सोहि रकम असार मसान्तभित्र हिमालयन क्यापिटल वा हिमालयन बैंकको नजिकको शाखा कार्यालयमा गई वा अन्य डिजिटल माध्यमबाट तिर्न सकिनेछ ।

तोकिएको समयभित्र नवीकरण नगरेमा डिम्याट खाता रोक्का गरिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्