Shikhar Insurance

जनार्दनको कर नीतिमा वर्षमानको कैंची, कच्चा फलाम आयातमा भन्सार महसुल बढ्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार २०:१३
NIMB
Nabil Bank

काठमाडौं । पुर्व अर्थमन्त्री जनार्दन शर्माले लिएको कर नीति अर्थमन्त्री वर्षमान पुनले परिवर्तन गरेका छन् । मन्त्री पुनले मेल्टिङमा आधारित (आफ्नै भट्टी भएको) फलाम उद्योगले आयात गर्ने कच्चा फलामको आयातमा भन्सार महसुल वृद्धि गरिदिएका हुन् । यस्तै, अन्य ती प्रकारको फलामको कच्चा पदार्थ आयतमा शुन्य प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा सोलाई बढाएर १ प्रतिशत कायम गरिएको छ ।

कच्चा फलाम आयातमा लाग्दै आएको १ प्रतिशत महसुललाई बढाएर २.५ प्रतिशत कायाम गरेका छन् । यस्तै, फलामको पाता आयात आयातमा लाग्ने अन्तशुल्क छुट दिएका छन् । मन्त्री पुन पार्टीभित्रैका प्रतिस्पर्धी शर्मा विरुद्ध आक्रामक बन्दै आएका छन् । उनले शर्मा विरुद्ध करको दफा बिक्री गरेको आरोप लगाउँदै आएका थिए ।

Citizen Life
Kumar Bank

कुनै व्यावसायीले वर्षौ लगाएर तयार गरेको व्यापारिक साम्रज्य एक अर्थमन्त्रीको सनकले तहस नहस पार्न नहसने भन्दै शर्माको कर नीतिको चर्को आलोचना गरिरहेका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्