Shikhar Insurance

लाइटरमा शतप्रतिशत बढ्यो कर, अब ३० प्रतिशत महशुल तिर्नुपर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार २१:०४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले लाइटरमा भन्सार महसुल वृद्धि गरेको छ । १५ प्रतिशत लाग्दै आएको भन्सार महसुल शतप्रतिशत बढेर ३० प्रतिशत बनाइएको छ ।   चालु वर्षको ८ महिनामा ५२ करोड ६९ लाख १८ हजार ३ सय ४४ थान लाइटर आयात भएको तथ्यांक छ ।

नेपाली व्यावसायीहरुले नेपाली बजारको लागि ग्यास लाईटर बिक्री गर्न ल्याएका होइनन । भन्सार महसुल अन्तरलाई प्रयोग गरेर व्यावसायीले मुनाफा आर्जन गर्न लाइटर आयात गरेका हुन् । ठूलो परिमाणको लाइटर नेपालबाट तस्करी भएर भारत पुग्ने गरेको छ ।

Citizen Life
Kumar Bank

भारतले भारु २० भन्दा कम पर्ने लाइटर आयातमा प्रतिबन्ध लगाएको छ । भारतमा प्रतिबन्ध लागेसँगै नेपालबाट लाइटर तस्करी बढेको हो । नेपालबाट लाइटर तस्करी बढेसँगै नेपालस्थित भारतीय राजदुतावासले तस्करी रोक्न अनौपचारिक पहल गरेको छ । दुतावासले भन्सार विभाग, राजस्व अन्सन्धान विभाग लगायत निकायमा अनौपचारिक रुपमा तस्करी रोक्न दाबाब दिएको हो ।

सोही दबाबमा अर्थ मन्त्रालयले लाइटर आयातमा भन्सार महसुल वृद्धि गरेको हो । हाल नेपाली व्यावसायीहरुले तातोपानी, रसुवा, सुख्खा भन्सार बन्दरगाहको बाटो प्रयोग गर्दै लाइटर आयात गरिरहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार छ । आयात भएको कुल लाइटरलाई भाग लगाउने हो भने एक जनाको भागमा नै १८ वटा लाइटर भाग पर्न जान्छ । नेपाली व्यावसायीले लाइटरको ओसार-पोसारमा सुरक्षा मापदण्ड प्रयोग नगर्दा २ वटा ट्रकमा आगलागी भैसकेको छ । चीनमा ग्यास लाइटर बोक्ने ट्रकले सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने भए पनि नेपालमा भने कुनै मापदण्ड प्रयोग गर्ने गरिएको छैन ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्