Shikhar Insurance

दुई कम्पनीको सेयर लिलामीमा, न्युनतम प्रतिकित्ता मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १०:३३
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याएको छ । संस्थापक सेयरधनीहरुको नाममा रहेको प्रभु बैंकको ६१ हजार ६ सय ६२ कित्ता र स्वावलम्बन लघुवित्तको १६ हजार ५ सय २८ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य बैंकको प्रतिकित्ता न्युनतम १ सय रुपैयाँ र लघुवित्तको न्युनतम २ सय ५० रुपैयाँ तोकिएको छ ।

Citizen Life
Kumar Bank

आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यी सेयरहरूमा बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयर सेयर खरिदको लागि जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले वैशाख १६ गते (आज) देखि असार १८ गते अपरान्ह ३ बजेसम्म काठमाडौंको कमलपोखरीस्थित बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्