Shikhar Insurance

सुनको मूल्यमा लगातार वृद्धि, कतिमा हुदैँछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । मंगलबार ४०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ६०० रुपैयाँ बढेको हो । बुधबार छापावाला सुन मूल्य १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुनको भाउ १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank

त्यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्ले दिन चाँदी १ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्