Shikhar Insurance

अभियान लघुवित्तको साधारण सभा असार ६ गते, के-के छन् मूख्य एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १०:५२
NIMB
Nabil Bank

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार ६ गते ताम्राकार पार्टी भेन्यु, पनौती काभ्रेपलाञ्चोकमा बिहान ११ बजे आव्हान गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षपेश गरेको आव २०७९ ०८० को वार्षिक प्रतिवेदन छदफल गरी पारित गर्नेछ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले अन्य कुनै ‘घ’ वर्गको लघुवित्त कम्पनीसँग मर्जरको प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सोका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ती गर्ने तथा मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी प्रदान गर्नेजस्ता ऐजेण्डा रहेका छन् ।

साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार जेठ २० गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्