Shikhar Insurance

महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान गर्न दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार ११:१८
NIMB
Nabil Bank

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर आगामी जेठ १८ गते शुक्रबार बिहान ९ः३० बजेदेखि हुने भएको हो ।

भक्तपुर अस्पतालको आयोजना, मनोहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुवाकोट भक्तपुरको सहयोग एवं चाँगुनारायण नगरापालिका वडा नम्वर १ को कार्यालय र दुवाकोट स्वास्थ्य चौकीसँगको समन्वयमा मनोहरा आधारभूत विद्यालय बेसी दुवाकोटमा स्वास्थ्य शिविर हुने भएको हो ।

Citizen Life
Kumar Bank

शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान,यस्तै नाक, कान, घाँटी विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा सुगर परीक्षण, ई सिजी, एक्स-रे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।

भिडियो एक्स-रेका साथै अशक्त र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था रहेको छ । स्त्री रोग सम्बन्धी थप उपचार वा शल्यक्रिया गर्न पहिचान भएका बिरामीलाई भक्तपुर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत उक्त शिविरमा रहेको आयोजकले जानकारी दिएका छन् ।

स्वास्थ्य शिविरबाट विभिन्न रोगको पहिचान गर्नुका साथै महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान समेत हुने भएकाले उक्त निःशुल्क शिविरबाट धेरै भन्दा धेरैले लाभ लिने आफूहरूले आशा गरेको भक्तपुर अस्पतालकी निर्देशक सुमित्रा गौतमले जानकारी दिएका छन् । उनका अनुसार शिविरबाट धेरैले लाभ लिनेमा आफू विश्वस्त भएको समेत बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्