Shikhar Insurance

महासचिव गुटेरेस र सचिव लम्सालबीच भेट, जलवायु परिवर्तनलगायत विषयमा छलफल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार ११:३६
NIMB
Nabil Bank

न्युयोर्क । परराष्ट्र सचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेका छन् ।

भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको हो । भेटका अवसरमा उनीहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ ।

Citizen Life
Kumar Bank

सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आएका छन् । सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेका हुन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्