Shikhar Insurance

राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक : मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेका बताएकी हुन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल मोबाईल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले राज्यका नीति, नियम, कानूनहरु व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गरीन् । उनले कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको बताइन् । उनले मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महंगो हुँदा नेपालमा खोल्नसक्ने उद्योग व्यवसायीहरु निरुत्साहित रहेको बताइन् ।

Citizen Life
Kumar Bank

उनले नेपालमै एउटा मोबाइल फ्याक्ट्री खोल्न आफूले कुरा अघि बढाएको बताइन् । मन्त्री शर्माले बजेटमा नेपालमै पहिलो पटक नेपालको समृद्धिको निम्ति, बलियो अर्थतन्त्रको निर्माण गर्न आवश्यक रहेको बताइन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्