Shikhar Insurance

अर्थमन्त्री वर्षमान पुनको झुट, दफा ५७ सहित करदर हेरफेरको तीन महले लुकाए

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार ०९:११
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले झुट बोलेका छन् । मन्त्री पुनले करका दर परिवर्तन गर्दा तीन महले सार्वजनिक गर्ने बताएर झुट बोलेका हुन् ।

अर्थ सचिव मधुकुमार मरासिनी र राजस्व सचिव डा.राम प्रसाद घिमिरेसँग तीन महले मात्रै होइन ६ महले नै सुरक्षित छ । तर मन्त्री पुनको निर्देशनमा तीन महले लुकाइएको हो ।

Citizen Life
Kumar Bank

फागुन २३ गते मन्त्री पुनले मन्त्री सम्हालेसँगै बजेटले परिवर्तन गर्ने करको दर इतिहासमै पारदर्शी हुने बताएका थिए । करको दर परिवर्तनमा हदैसम्मको पारदर्शीता अपनाउने बताएका मन्त्री पुनले भनाई र गराईमा फरक गरेका छन् । २०८० चैत ४ गते आर्थिक पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले भनेका छन्, ‘करको दर बढ्दा पनि किन बढ्यो घट्दा पनि किन घट्यो भन्ने विषयमा तीन महलेको नयाँ काम सुरु गर्दैछौं, केहि देशमा यो अभ्यास छ ।’

मन्त्री पुनले जेठ १५ गते संसदको दुबै सदनमा आय व्यायको प्रस्ताव सहित आर्थिक विधेयक र भन्सार विधेयक पेश गरिसकेका छन् । संसदमा बजेट र आर्थिक विधेयक पेश गरेको १५ दिन बित्दा पनि मन्त्री पुनले तीन महले सार्वजनिक गर्न सकेका छैनन ।

आर्थिक विधेयकमा छलफल नै नभएका विषयहरु समावेश भएपछि मन्त्री पुन दबाबमा आएका छन् । हतारमा करको दर परिवर्तन गर्दा राजस्वका टीमले गम्भीर गल्ति समेत गरेका थिए । मन्त्रालयले स्रोतले भन्यो, ‘राजस्वको दर परिवर्तन गर्दा तीन महले मात्रै होइन, ६ महले नै बनाउने गरिन्छ, यो प्रत्येक बजेटमा बनाउने गरिन्छ, सार्वजनिक गर्ने नगर्ने भन्ने विषयमा मात्रै विषय हो ।’

आगामी वर्षका लागि करको दरहरु जथाभावी चलाईएको छ । आर्थिक विधेयकले जीप, कार र भ्यानमा  मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको थियो । अर्थ मन्त्रालयले गम्भीर गल्ति भएको भन्दै भ्याट छुटको प्रावधानलाई सच्याइसकेको छ । यस्तै, ऐन नै बाझिने गरी आएको भन्सार बिन्दुमा अग्रिम १० प्रतिशत आयकर अहिले विवादित बनिरहेको छ ।

आयकर ऐन २०५८ को दफा ५७ मा गरिएको परिवर्तनको पनि अहिले चर्को विरोध भैरहेको छ । आयकरको दफा ५७ निकै संवेदनसिल मानिन्छ । जसको कयौं कर विवादको मुद्दा अहिले अदालतहरुमा विचाराधीन अवस्थामा छ । जुन मुद्दाबाट राज्यले अर्बौ रुपैयाँ प्राप्त हुने नहुने विषय निर्क्यौल हुन बाँकी छ ।

दफा (५७) सुटुक्क परिवर्तन गर्नुपर्ने विषय नभएको आन्तरिक राजस्व विभागका एक कर्मचारीले बताए । ती कर्मचारीले भने ‘आयकरको दफा ५७ मा समस्या नभएको हैन, तर व्यापक छलफल गरेर परिवर्तन गर्नुपर्ने दफा सुटुक्क परिवर्तन गर्दा कतै सेटीङमा त ल्याइएन भन्ने शंका जन्माएको छ।’

मन्त्री पुनले तीन महले सार्वजनिक गर्छु भनेर सार्वजनिक नगरेको वरिष्ठ चार्टर्ड एकाउन्टेन (सिए) शेषमणि दाहालले बताए । उनले आर्थिक विधेयकमाथी टिप्पणी गर्दै मन्त्री पुनले तीन महले सार्वजनिक गर्ने विस्वास व्यक्त गरे ।

करको दर परिवर्तनको विषयमा संसदमा समेत प्रश्न उठिसकेको छ । नेपाली काँग्रेसका सासंद रामहरी खतिवडाल  दफा ५७ मा सिमित व्यावसायीको स्वार्थ हेरिएको र राज्यलाई अर्बौ नोक्सानी हुनेगरी परिवर्तन गरिएको आरोप लगाएका छन् ।

के हो तीन महले

कुनै पनि कानुन निर्माण गर्दा अहिलेको व्यवस्था,  अब हुने व्यवस्था र गर्नुपर्ने कारण उल्लेख गर्नुपर्छ । जुनकुनै कानुन निर्माण गर्दा यो सामान्य प्रकृया हो ।

तीन महलेको नमुना

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्