Shikhar Insurance

डा. गोविन्द बहादुर थापाको स्मृतिमा प्रकाशित स्मारिका विमोचन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १०:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद डा. गोविन्द बहादुर थापाको स्मृतिमा प्रकाशित स्मारिका विमोचन भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री तथा नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्मारिका विमोचन गरेका हुन् ।

तत्कालिन एमाले पार्टी निकट रहेर स्वर्गिय थापाले मनमोहन अधिकारी नेतृत्वको सरकारका लागि आर्थिक नीति बनाउन सहयोग गरेका थिए । स्वर्गिय थापालाई तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले अर्थमन्त्रालयको आर्थिक सल्लाहकार समेत बनाएका थिए ।

Citizen Life
Kumar Bank

बामपन्थी आर्थिक नीति निर्माणमा निकै ठूलो योगदान गरेका थापाको तीन वर्ष अघि कोभिड संक्रमणबाट निधन भएको थियो ।
स्मारिका विमोचन कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपाल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा डा. युवराज खतिवडाले डा. थापाको व्यक्तित्व र विचारमाथि प्रकाश पारेका थिए । डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठानले स्मारिका प्रकाशन गरेको हो । प्रतिष्ठानले स्वर्गिय थापाका विचारहरुलाई संग्रह गर्दै ऐतिहासिक दस्तावेजका रुपमा सुरक्षित राख्ने काम गर्दै आएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्