Shikhar Insurance

म गभर्नर बन्न चाहेकै थिइँनः डा. युवराज खतिवडा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १०:५१
NIMB
Nabil Bank

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले आफु अनिच्छापूर्वक नेपाल राष्ट्र बैंकको गभर्नर बनेको खुलासा गरेका छन् । शनिबार राजधानीमा आयोजित डा. गोविन्द बहादुर थापाको स्मृतिमा प्रकाशित ग्रन्थ विमोचन कार्यक्रममा उनले आफ्नो अनिच्छाका वावजुद गभर्नर बन्नु परेको कथा सुनाएका हुन् ।

उनलाई गभर्नर नियुक्त गरेका तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालकै उपस्थितिमा डा. खतिवडाले भने–‘म योजना आयोगको उपाध्यक्ष बनिसकेको मान्छे, फेरि राष्ट्र बैंक जान्न भनेको थिएँ । प्रधानमन्त्री माधब नेपालज्यूले नै गोबिन्द(स्वर्गिय गोबिन्द बहादुर थापा) एशियाली विकास बैंक जानु भयो । अब विकल्प छैन, तपाईं नै बन्नुस भनेर आग्रह गर्नु भयो र म गभर्नर बनेको हुँ ।’

Citizen Life
Kumar Bank

डा. खतिवडाले तत्कालिन मनमोहन अधिकारीको सरकारकै पालादेखि आर्थिक नीति निर्माणमा आफ्नो सहभागीता रहेको बताएका थिए ।

तत्कालिन माधव नेपालन नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका डा. खतिवडालाई केहि समयपछि नै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरिएको थियो । त्यसपछि दुई तिहाई नजिकको केपी ओली नेतृत्वको सरकारले डा. खतिवाडालाई अर्थमन्त्रीको जिम्मेवारी दिएको थियो ।

अर्थमन्त्री बनेर घर फर्किएपछि डा. खतिवडाले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको जिम्मेवारी समेत सम्हालेका थिए । डा. खतिवडालाई तत्कालिन नेकपाको केन्द्रिय सदस्य समेत बनाईएको थियो । अहिले पनि एमाले अध्यक्ष केपी ओलीका लागि उनी नै सर्वाधिक विश्वासिला आर्थिक सल्लाहकार हुन् ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्