Shikhar Insurance

एकै महिना बजेट बाहिरबाट ५ अर्ब २४ करोड खर्च, सुनकोसी मरिनलाई १ अर्ब ४० करोड

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १८:२३
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैशाख महिनामा मात्रै ५ अर्ब २४ करोड रकमान्तर र थप निकासा दिएका छन् । मन्त्री पुनले बजेट बाहिरबाट एकै महिना ठूलो रकम भुक्तानी दिएका हुन् । राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिन डाइभर्सनले १ अर्ब ४० करोड थप निकासा प्राप्त गरेको छ ।

उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको सो आयोजनालाई ठूलो रकम थप निकासा दिइएको हो । गृह मन्त्रालयमा कार्यरत प्रहरी लगायत कर्मचारीहरुको तलब सेवा सुविधा अपुग भएको भन्दै ७८ करोड ६१ लाख थप बजेट निकासा दिएको छ । बैशाख महिनामा मात्रै २ अर्ब ८३ करोड थप रकम निकासा दिएको छ ।

Citizen Life
Kumar Bank

यसैगरी, अर्थ मन्त्रालयले एक शिर्षकबाट अर्को शिर्षकमा २ अर्ब ४० करोड रकमान्तर गरेको छ । धेरैजसो विकासे मन्त्रालयलहरुले रकमान्तरको माग गरेका छन् । आर्थिक वर्ष सकिन लाग्दा एक शिर्षकमा खर्च नभएको बजेट अर्को शिर्षकमा लगेर खर्च गर्ने प्रवृति बढ्दै गएको छ ।

नदी नियन्त्रणका लागि उर्जा मन्त्रालयले १४ करोड १७ लाख रकमान्तरको अनुमति पाएको छ ।  उर्जा मन्त्रालयले वृहत सरकारी सिंचाई योजनाको लागि २० करोड रुपैयाँ रकमान्तर गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३४ करोड ६७ लाख एक शिर्षकबाट अर्को शिर्षकमा सारेको छ । यस्तै, रक्षा मन्त्रालयको जंगी अड्डाले ३८ करोड ४४ लाख रकमान्तर गरेको छ । शहरी विकास मन्त्रालयले १ अर्ब ५ करोड रुपैयाँ रकमान्तरको अनुमति पाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्