Shikhar Insurance

४१ लाख लागतमा गोरखाको प्रहरी चौकी भवन निर्माण सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १६:०२
NIMB
Nabil Bank

गोरखा । धार्चे गाउँपालिका–५ स्थित माछीखोला प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अस्थायी टहराबाट सञ्चालन भइरहेको माछीखोला प्रहरी चौकीको भवन करिब ४१ लाखको लागतमा निर्माण भएको हो ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारको भनाइ छ । उनले भने,“भवन निर्माणका लागि पालिकाले करिब ३८ लाख बजेट विनियोजन गरेको थियो । त्यसबाहेक ३ लाख १३ हजार आठ सय ५८ बराबरको स्थानीय उपभोक्ता समितिमार्फत श्रमदान भएको छ ।”

Citizen Life
Kumar Bank

विसं २०८० मङ्सिरमा गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएको थियो । निर्माण सुरु भएको करिब पाँच महिनामा काम सम्पन्न भएको हो । भवन निर्माण सम्पन्न भएसँगै अब माछीखोला प्रहरी चौकीले पक्की भवनबाट नागरिकलाई सेवा दिन पाउने भएको छ । निर्माण सम्पन्न गरिए पनि भवन हस्तान्तरण गर्न बाँकी छ ।

लामो समयदेखि जीर्ण बनेको अस्थायी टहराबाट सञ्चालित माछीखोला प्रहरी चौकीबाट प्रहरीलाई हातहतियारको सुरक्षाका साथै सेवा प्रवाहमा समेत कठिनाइ हुँदै आएको थियो । “प्रहरी चौकीको भवन नहुँदा प्रहरीले दिने सेवा चुस्त, दुरुस्त र प्रभावकारी बनाउन समस्या रहेको थियो । अब निकै सहज हुने भएको छ” उनले बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्