Shikhar Insurance

नेशनल लाईफ इन्स्योरेन्सको ‘रत्न अवार्ड’ अन्तर्गत ३५ अभिकर्ता सम्मानित

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १७:२५
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘नेशनल अवार्ड’ अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले बुढानिलकण्ठ काठमाडौंको होटल लेमन ट्रि प्रिमियरका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले उत्प्रेरणा तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टा छुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनिति बनाउनु पर्ने बताए ।

Citizen Life
Kumar Bank

समारोहमा  अभिकर्ताहरुलाई सम्मान गर्दै कँडेलले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताए । उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहित उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल, प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुख द्धय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्