Shikhar Insurance

करिब २० खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीति भने ४.४० प्रतिशत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । नेपालकाे वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको वैशाख मसान्त सम्मको बिवरण अनुसार नेपालको बर्तमान मुद्रास्फीति ४.४० प्रतिशत रहेको हो ।

त्यस्तै, आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको समेत बिवरणमा उल्लेख छ ।

Citizen Life
Kumar Bank

नेपालको शोधनान्तर स्थिति भने ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको छ ।

नेपाल सरकारको खर्च भने १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेकोछ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.८ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ४.७ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत रहँदा निजी क्षेत्रमा कर्जाको वृद्धिदर भने ५.२ प्रतिशत मात्रै रहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्