Shikhar Insurance

दश महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स, ३ लाख ७४ हजारले लिए अन्तिम श्रम स्वीकृति

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १७:४१
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा करिब १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको वैशाख मसान्त सम्मको बिवरण अनुसार नेपालमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ ।

अघिल्लो वर्षकोसोही अवधिमा रेमिट्यान्स २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने रेमिट्यान्स १७.१ प्रतिशतले बढेर ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष भने १३.४ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank

वैशाख सम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४हजार ८सय ८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८ सय ९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने क्रमशः ४ लाख २१ हजार २ सय ७९ र २लाख ३८ हजार ९ सय ७६ रहेको थियो ।

यसअवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले बढेर १३ खर्ब १ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्