Shikhar Insurance

गण्डकी सरकारका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १७:४२
NIMB
Nabil Bank

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेका प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको जनाइएको छ ।

Citizen Life
Kumar Bank

विश्वासको मतका पक्षमा देवकोटाले फ्लोर क्रस गरेपछि प्रदेशसभामा नेपाल कम्युुनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रका प्रदेशसभा सदस्यले नाराबाजी गरेका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्