Shikhar Insurance

नेशनल लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १०:४५
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ७ जना संस्थापक सेयरधनीको नाममा रेहको कूल४० हजार ९ सय १४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी गणेशमान मुखियाको नामा रहेको २ हजार कित्ता, सिता कार्कीको १० हजार कित्ता, रत्न बहादुर वस्नेतको १५ हजार कित्ता, चक्र प्रसाद खरेलको ५ हजार कित्ता, इन्द्र प्रसाद शर्माको २ हजार ७७ कित्ता, राम प्रसाद खरेलको ५ हजार कित्ता, टठ बहादुर पाण्डेकाे  १ हजार ८ सय ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएका कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाड बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्