Shikhar Insurance

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी दुर्गा प्रसाद उप्रेतीको नाममा रहेको ३७ हजार १ सय ३६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर बिक्री मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीमा हुने कम्पनीले जनाएको छ ।सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु रहेकाले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजारमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank

सो समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्