Shikhar Insurance

२१.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न डाक्यो नेपाल लाइफले असार १८ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २३ औं र २४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार २८ गते होटल भिष्वा, बीरगंज (पर्सा) मा बिहान ९ बजे आव्हान गरेको हो ।

सभाले गत आव को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank

आव २०७८/७९ र २०७९/८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभामा आव २०७९/८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित पारित गर्नेछ ।

सभामा कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।

साथ, सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असार ३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले सभामा भाल लिन पाउँनेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्