Shikhar Insurance

बेष्ट फाइनान्सले साढे ३ लाख कित्ता बढी हकप्रद सेयर लिलामीमा ल्याउदै

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । बेष्ट फइनान्स कम्पनी लिमिटेडले अवितरीत संस्थापक हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो ।

उक्त संस्थापक हकप्रद सेयर खरिदको लागि पहिल नै बिक्री खुल्ला गर्दा बिक्री नभएका सेयर अहिले एक सूचना प्रकाशन गरी कम्पनीले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम एक हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

साथै, सेयर खदिको लागि अन्य व्यक्ति, कम्पनी, वा संघ संस्थाहरुले असार ३ गतेदेखि असार ११ गतेसम्म प्रतिकित्ता के कति रेट खुलाई कम्पनीको केन्द्रीय कार्यालय, मिलनचोक, अमरपथ, नेपालगञ्ज, घोराही, इटहरी, नारायणगढ, विरगञ्ज र न्यूरोड शाखा कार्यालयका साथै ग्लोबल आइएमई बैंकका विरेन्द्रनगर र धनगढी शाखा कार्यालयमा आवेदन पेश गर्नसक्नेछन् ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्