Shikhar Insurance

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेलबीच छुट सम्झौता

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १४:११
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौंस्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई होटेलमा विशेष छुट दिने सम्बन्धि सहमति भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकको हालसम्म १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्