Shikhar Insurance

सरकारले बयलपाटा अस्पतालका लागि तत्काल १० करोड बजेटको व्यवस्था गर्नुपर्छ : सांसद पाण्डे

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १२:४५
NIMB
Nabil Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सुुरुमै समय लिएर बोल्दै उनले सो अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्ष भित्र आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

उनले त्यसका लागि आफूहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई भनेको र प्रधाननमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमानले पनि त्यसका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिव १ लाख सेवाग्राहीले निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने सो अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न संघीय सरकारले ढिलाई नगर्ने विश्वास समेत व्यक्त गरे ।

Citizen Life
Kumar Bank

उनले सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटमा सो अस्पतालका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए । सांसद पाण्डेले सो अस्पतालमा चिकित्सकसहितक कर्मचारीहरुले तलवसमेत नपाएको उल्लेख गर्दै सरकारले चालु आर्थिक वर्ष असार भित्रै आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्