Shikhar Insurance

डिशहोम फाइबरनेटको १ दिने बम्पर अफर, २४ महिने रिचार्जमा अर्को ६-महिना निःशुल्क

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १४:२०
NIMB
Nabil Bank

काठमाडौं । डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ । डिशहोम फाइबरनेटले जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपाल र श्रीलंकाबीचको खेलको खुसीयालीमा यो अफर ल्याएको हो ।

डिशहोमले आज(मंगलबार) दिउसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६-महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज दिउसो १ बजे (जेठ २९ गते) देखि भोली दिउसो १ बजे (जेठ ३० गते) सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

Citizen Life
Kumar Bank

डिशहोम फाइबरनेटका अनुसार यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४-महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन् । रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

साथै, अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यो विशेष २४-घण्टा अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्