Shikhar Insurance

३३.१५ अंकले बढ्यो सेयर बजार, साढे ५ अर्ब कारोबार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७ सय ३९ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

मंगलबार सबैभन्दा धेरै  एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९ सय १० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय २१ रुपैयाँ रहेको छ ।

आज २०३ कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने समलिङ्ग पावर कम्पनीको सेयर ५.८१ प्रतिशतले घटेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्