Shikhar Insurance

आज यी कम्पनीको सेयर मूल्य घट्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ मा पुगेको हो ।

मंगलबार ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७ सय ३९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

मंगलबार सेयर मूल्य दोहोरो अंकले बढे पनि केही कम्पनीको सेयर मूल्य भने घटेको छ । आज सेयर घट्नेमा साम्लिङ पावरको ५.८१ प्रतिशत, कुमारी इक्वीटी फण्डको ४.९४ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी सीएपी फण्डको ३.३१ प्रतिशत सहित ६५ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्