Shikhar Insurance

साढे ९७ लाख लागतमा तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १५:३३
NIMB
Nabil Bank

दाङ । तुलसीपुर उपमहानगरपालिका(२ र दङ्गीशरण गाउँपालिका ६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विनियोजित बजेट ९७ लाख ४८ हजार लागतमा सो पुल निर्माण सुरु गरिएको दङ्गीशरण गाउँपालिकाका–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले जानकारी दिएका हुन् ।

उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ । पुल निर्माणपछि त्यहाँका दुई १३ घरधुरीका एक हजार दुई सय ७८ जना प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष शाहले बताए । यही जेठ २१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछ भने पुलको निर्माण २०८२ जेठ २० सम्म पूरा गर्ने लक्ष्य लिइएको छ ।

Citizen Life
Kumar Bank

सो पुलको सोमबार दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरे । अध्यक्ष गिरीले अन्तरपालिकाका दुई वटा वडालाई जोड्ने पुल निर्माणले त्यहाँका नागरिकलाई सहरसम्मको पहुँचमा सहज हुने बताए ।

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तोकिएको समयमा पुल निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्