Shikhar Insurance

ताप्लेजुङमा पालिकालाई विश्वमा चिनाउन ‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १८:५९
NIMB
Nabil Bank

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन ‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान सञ्चालन गरिने भएको छ । गाउँपालिकाले गत साता प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सो अभियान सञ्चालन गर्ने उल्लेख गरिएको हो ।

कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो । सो हिमाल ताप्लेजुङको सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सिमानामा पर्दछ । उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन उक्त अभियान सञ्चालन गर्ने सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । अभियान सफल बनाउन सिरिजङ्घा गाउँपालिका-७ याम्फुदीको आम्जी खोलाबाट नयाँ तुम्लुङ, दुन्दुडाँडा, नगर्चा र चैराम हुँदै कञ्चजङ्घा हिमालको आधार शिविरसम्म सङ्घीय सरकारसँग लागत साझेदारीमा सुरु भएको साहसिक पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको छ ।

Citizen Life
Kumar Bank

सो पदमार्ग करिब २२ किलोमिटर लामो रहेको गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले बताए । माबोका अनुसार गत आवमा पर्यटन मन्त्रालयबाट ५ करोड बजेट विनियोजन भइ अहिले पदमार्ग निर्माण भइरहेको छ । अभियानलाई व्यापक बनाइ पर्यटक आकर्षित गर्ने गाउँपालिकाले जनाएको छ । पदमार्ग क्षेत्रमा ‘होमस्ट’ सञ्चालन गर्न गाउँपालिकाले बजेट विनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्