Shikhar Insurance

कुमारीको कमालः नाफा झण्डै ७४ प्रतिशतले बढ्यो, कस्ता छन् अरु सूचक ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २८, बिहीबार १०:३६
NIMB
Nabil Bank

कुमारी बैंकको नाफा २ अर्ब रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ८५ करोड अर्थात ७३.९१ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

बैंकले आव २०७६।७७ मा जम्मा एक अर्ब १५ करोड रुपैँया नाफा कमाउन सफल भएको थियो । कुमारीको वितरण योग्य नाफा पनि एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । १३ अर्ब ८७ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफबाट लगानीकर्तालाई ७.८५ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ३ अर्ब ८८ करोड रुपैँया रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एक खर्ब ४८ अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा ५ अर्ब २३ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको छ । बैंकले सेयर कारोबारबाट १५ करोड २१ लाख रुपैँया आम्दानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी १४.४२ रुपैँया छ भने प्रति सेयर नेटवर्थ १३६.८९ रुपैँया रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्