Shikhar Insurance

महालक्ष्मी लाइफको ‘बाल बचत बीमा योजना’, यस्ता छन् आकर्षक फिचर

सिंहदरबार संवाददाता
२०७८ श्रावण २८, बिहीबार ११:३९
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ । प्रत्येक आमा।बावुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्न बनाएको योजनालाई साकार हुने गरि महालक्ष्मीले बीमा योजना ल्याएको हो ।

बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा योजना बिक्रि वितरण आरम्भ गरे । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने थप सुविधा योजनामा समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्