Shikhar Insurance

मेगा बैंकको मेगा रेसः नाफा २ अर्ब ३० करोड, लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार ०९:०४
NIMB
Nabil Bank

काठमाडौं । मेगा बैंक नेपालको नाफा २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७७।७८ मा आफ्नो नाफा ७२ करोड अर्थात ४५.५६ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । बैंकले आर्थिक वर्ष २०७६।७७ को चौथो त्रैमासिक अवधीमा एक अर्ब ५८ करोड रुपैयाँ नाफा गर्न सफल भएको थियो ।

बैंकको कुल नाफमा ३८ करोड रुपैयाँ भने सेयर कारोबारबाट प्राप्त भएको देखिन्छ । अघिल्लो आवमा बैंकले सेयर कारोबारबाट १६ करोड रुपैँया मात्रै आर्जन गरेको थियो । मेगा बैंकको वितरण योग्य नाफा एक अर्ब ५१ करोड रुपैँया रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

१४ अर्ब ६५ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १०.३० प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ३ अर्ब ८२ करोड रुपैँया रहेको छ । मेगा बैंकले गत आर्थिक वर्षमा एक खर्ब ३६ करोड रुपैँया निक्षेप संकलन गरेर एक खर्ब ३७ अर्ब रुपैँया कर्जा लगानी गरेको थियो । सो मात्रामाको कर्जा लगानीबाट बैंकले ५ अर्ब ८० करोड रुपैँया खुद ब्याज आम्दानी गरेको देखिन्छ । त्यस्तो आम्दानी आव २०७६।७७ मा ४ अर्ब १७ करोड रुपैँया मात्रै थियो ।

मेगाको आधार ब्याजदर ७.६१ प्रतिशत र स्प्रेड दर ४.१४ प्रतिशत छ । कस्ट अफ फण्ड ५.२७ प्रतिशत रहेको बैंकको प्रति सेयर आम्दानी १५.७८ रुपैँया छ भने नेटवर्थ १३९.११ रुपैँया छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्