Shikhar Insurance

‘मौद्रिक नीतिले संवैधानिक हक छिन्यो’

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । मौद्रिक नीतिले ठूला लगानीकर्तालाई कसेको छ । बैंकबाट कर्जा लिएर लगानी गर्ने ठूला लगानीकर्तालाई मौद्रिक नीतिले कडाए गरेको हो ।

नीतिले व्यक्तिगत सेयर लोन ४ करोड र समग्र लोन १२ करोडसम्म मात्र लोन लोन पाउने व्यवस्था गरेको हो । यो व्यवस्थाले ठूला लगानीकर्तालाई गाह्रो परेको छ ।

Citizen Life
Kumar Bank

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, “नेपालको संविधानले प्रत्याभूति गरेको संवैधानिक हकलाई कुण्ठित भएको हुँदा सो व्यवस्थालाई पुनरावलोकन हुनु अत्यन्त आवश्यक छ ।”

समग्र मौद्रिक नितीमा पूँजिबजारमा सकारात्मक प्रभाव पार्ने निती घोषणा भएको उनको भनाइ छ । सीसीडी रेसियो ८५ बाट ९० प्रतिशत बनाइनु, मार्जिन यथावत रहनु, बैंक स्प्रेड दर यथावत रहनु, कोभिडले असर पारेको क्षेत्रमा प्रवाह भएको लोनमा आगामी पुस मसान्तसम्म विशेष सहूलियत प्रदान गर्नु,बैंकले लगानी गरेका क्षेत्र मध्ये प्राथमिकता प्राप्त क्षेत्रको दायरा फराकिलो बनाउनु जस्ता कुराहरू सकारात्मक रहेको उनको भनाइ छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्