Shikhar Insurance

फस्ट हुने दौडमा रहेको एनआईसी एसियाको गति सुस्ताएको हो ? यस्तो देखियो विवरण

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३०, शनिबार २२:४१
NIMB
Nabil Bank

काठमाडौं । फस्ट हुने दौडमा रहेको एनआईसी एसिया बैंकको गति आर्थिक वर्ष २०७७।७८मा भने केहि सुस्त देखिएको छ । शाखा विस्तार, निक्षेप संकलन र कर्जा विस्तारमा पनि आक्रामक देखिएको बैंकको अपरिस्कृत वित्तिय विवरणमा खासै गतिलो प्रगति नदेखिएको हो ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड रुपैँया नाफा गरेको छ । जबकी आर्थिक वर्ष २०७६।७७ मा बैंकको नाफा ३ अर्ब ९ करोड रुपैँया थियो । बैंकको वितरण योग्य नाफा पनि एक अर्ब ९२ करोड रुपैँया रहेको छ । ११ अर्ब ५६ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १६.६० प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ७ अर्ब १७ करोड रुपैँया रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले सेयर कारोबारबाट २१ करोड रुपैँया नाफा आर्जन गरेको देखिन्छ । एनआईसी एसियाले इम्पेरिमेन्ट चार्ज वापत एक अर्ब २१ करोड रुपैँया राखेको छ । बैंकले २ खर्ब ८६ अर्ब रुपैँया निक्षेप संकलन गरेर २ खर्ब ४८ अर्ब रुपैँया कर्जा लगानी गरेको देखिन्छ ।

बैंकले गत आर्थिक वर्षमा ९ अर्ब २२ करोड रुपैँया खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकको प्रेड दर ३.७३ प्रतिशत छ भने आधार ब्याजदर ६.८४ प्रतिशत छ । कस्ट अफ फण्ड भने ५.३० प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ३१.८९ रुपैँयाबाट घटेर २८.११ रुपैँयामा झरेको छ । बैंकको प्रति सेयर नेटवर्थ १७९ रुपैँया छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्