Shikhar Insurance

बाणिज्य बैंकहरुलाई टक्कर दिँदै मुक्तिनाथ: नाफा, निक्षेप र कर्जा विस्तारमा ऐतिहासिक छलाङ

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३१, आईतवार ११:१८
NIMB
Nabil Bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकहरुले बाणिज्य बैंकहरुलाई नै टक्कर दिँदै अघि बढेको छ । मुक्तिनाथले नाफा, निक्षेप र कर्जा विस्तारमै ऐतिहासिक छलाङ मार्न सफल भएको देखिन्छ । बैंकले गत आर्थिक वर्ष २०७७।७८ मा नाफा ६४.२८ प्रतिशतले वृद्धि गरेको छ भने निक्षेप र कर्जा लगानी क्रमशः ५१.६३ र ५२.९३ प्रतिशतले विस्तार गर्न सफल भएको छ ।

बैंकको नाफा ७० करोडबाट बढेर एक अर्ब १५ करोड पुगेको छ । यो नाफा केहि बाणिज्य बैंकहरुको भन्दा धेरै हो । बैंकले सेयर कारोबारबाट ४२ करोड रुपैँया आर्जन गर्न सफल भएको छ । बैंकले निक्षेप २९ अर्ब ५९ करोड अर्थात ५१.६३ प्रतिशतले बढाएर ७९ अर्ब ६ करोड पुर्याएको छ । आव २०७६।७७ मा बैंकको निक्षेप ५२ अर्ब २० करोड रुपैँया मात्रै थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कर्जा लगानी पनि २५ अर्ब २३ करोड अर्थात ५२.९३ प्रतिशतले बढाएर ७२ अर्ब ८९ करोड पुर्याएको छ । जबकी आव २०७६।७७ मा त्यस्तो कर्जा जम्मा ४७ अर्ब ६६ करोड रुपैँया मात्रै थियो । बैंकको वितरण योग्य नाफा नै ८६ करोड रुपैँया छ । ४ अर्ब ८१ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफाबाटै लगानीकर्तालाई १७.८७ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा एक अर्ब १२ करोड रुपैँया रहेको छ ।

मुक्तिनाथले २ अर्ब २५ करोड रुपैँयाबाट बढाएर ५ अर्ब ६४ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको देखिन्छ । १३.९२ रुपैँया प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १४१.४९ रुपैँया रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्