Shikhar Insurance

सेयर बजारमा सेलिङ प्रेसर, साढे २१ अर्बको नयाँ कारोबार रेकर्ड

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३१, आईतवार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा साढे २१ अर्बको सर्वाधिक कारोबारको रेकर्ड कायम भएको छ । आइतबार २ सय २२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँमा किनबेच भएको हो ।

बजार भने २४.८८ अंकले ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो सम्बन्धी कर्जामा ४ करोड र १२ करोडको सिमा तोकिदिएपछि बजारमा सेलिङ प्रेसर परेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारी घटेको छ । म्यानुफ्याक्चरिङ, माइक्रोफाइनान्स र इन्भेष्टेमन्ट बाहेकका सबै सब इण्डेक्सहरु ओरालो लागेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्