Shikhar Insurance

महिला सांसदलाई प्रश्नः सेयर किन्नुअघि तपाईं माइतीलाई सोध्नुहुन्छ ?

भिष्मराज ढुंगाना
२०७८ श्रावण ३१, आईतवार १६:५८
NIMB
Nabil Bank

मेरो छोरीले सर्वोत्तमको सेयर किनेको विषय भित्रि कारोबारमा पर्दैन । यो विषय धितोपत्र बोर्डको आचारसंहिता भित्र पनि पर्दैन । सर्वोत्तम भनेको सूचिकृत संस्था पनि होइन । त्यसको सेयर कारोबार बोर्डको दायरामा पनि पर्दैन ।

सर्वोत्तम सिमेन्ट बुक बिल्डिङबाट सेयर जारी गर्ने प्रयोजनका लागि स्वीकृति माग्दै धितोपत्र बोर्डमा आएको पनि छैन । बजारमा यस्ता डेढ सय वटा कम्पनी छन् । कहाँ कहाँ के के भैरहेका छन् ? हामीलाई थाहा पनि हुन्न ।

Citizen Life
Kumar Bank
Nepal Life

म यति मात्रै भन्न चाहान्छु कि मेरी छोरी विगत ५-६ वर्षदेखि अमेरिकामा छिन् । मेरो ज्वाइँ पनि उतै बस्नुहुन्छ । छोरी ज्वाइँको आमा बुवा र परिवार चाहीँ यहाँ काठमाडौंमा बस्नुहुन्छ । मेरो छोरी र उनको परिवारको सल्लाहमा कुनै पनि काम हुन्छ भने त्यो मलाई थाहा हुने कुरा भएन । उनीहरुको परिवारमा के के किन्ने ? र, के के बेच्ने ? कुरा हुन्छ, त्यो मेरो सरोकारको कुरा हुँदा पनि होइन । उनीहरुले मलाई सबै कुरा भन्नुपर्छ भनेर मैले भन्न पनि मिल्दैन ।

म धितोपत्र बोर्डको अध्यक्ष भएकै कारणले मेरो विवाहित छोरीलाई सेयर किनबेच गर्न कानुनले रोकेको पनि छैन । म बोर्डको अध्यक्ष भएपछि कानुनले जे जे गर्न मिल्दैन भनेको छ, त्यो सबै अक्षरस पालना गरेको छु । अहिलेको कानुनमा जे जे नगर्न भनिएको छ, त्यसले मात्रै पुगेन भने के के थप्नु पर्ने हो कानुनमै थपौं ।

विवाहित छोराछोरी, ज्वाइँ वा अरु क-कसलाई राख्नुपर्ने हो ? त्यहीँ राखौं । मेरो सासु ससुरादेखि नाति-पनातिसम्म क-कसलाई राख्नुपर्ने हो राखौं ।

ऊ मेरो छोरी भएकाले कुरा उठेको छ, अब विहे गरेर गएकी छोरी माथि मेरो अधिकार कति भन्ने पनि एकिन हुनुपर्छ । अहिलेको कानुन अनुसार मेरी विवाहिता छोरीले प्राथमिक बजार र दोश्रो बजारमा पनि सेयर किनबेच गर्न पाउँछिन् । यो उनीहरुको संवैधानिक अधिकार पनि हो ।

म आफैंले सेयर किनबेच गरेको जसरी प्रचार प्रसार भैरहेको छ, जुन सर्वथा गलत छ । यहाँ महिला सांसदहरु पनि हुनुहुन्छ । केही सेयर किनबेच गर्नु अघि तपाईं माइतीमा सोध्ने गर्नु हुन्छ ?

अरु देशमा बोर्डका अध्यक्षहरुले किनबेच गर्न पाउँछन् तर डिस्क्लोजर गर्नुपर्छ ।

यो कुराले मलाई पनि नमज्जा लागिरहेको छ । सेयर बजारमा भनेको सेन्सेटिभ क्षेत्र हो । अलिकति कुरा आउँदा पनि ठूलो समस्या हुन्छ । कहिले अर्थमन्त्रीका कुरा आउँछन्, कहिले गभर्नरका कुरा आउँछन्, जसले बजारमा समस्या ल्याउँछन् ।

मैले धितोपत्र बजारलाई कानुनी र व्यवहारिक रुपले पनि हेरौं भनेको हुँ ।

(अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले दिएको जवाफको सारांश)

GBIME

प्रतिक्रिया दिनुहोस्