Shikhar Insurance

मानुषीको आईपीओमा २४ लाख आवेदकले मागे ३ अर्बको सेयर

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३१, आईतवार २०:००
NIMB
Nabil Bank

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्थाको आईपीओमा २४ लाख ३ हजार ५५ वटा आवेदन परेको छ । सीडीएसीका अनुसार मानुषीको आईपीओमा ३ करोड ६ लाख ३२ हजार ४ सय ३० कित्ताको माग गर्दै ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैँया बराबरको आवेदन परेको हो ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्