Shikhar Insurance

व्यवसाय विस्तार मार्फत दिगो प्रगतिको बाटो पछ्याउँदै सेञ्चुरी

सिंहदरबार संवाददाता
२०७८ भाद्र १, मंगलवार ११:४८
NIMB
Nabil Bank

काठमाडौं । पुछारतिरबाट अघि बढ्ने प्रयासमा रहेको सेञ्चुरी कमर्सियल बैंकले क्रमशः लय समाउन थालेको छ । गत आर्थिक वर्षमा बैंकले २८ अर्ब अर्थात ४३ प्रतिशतले निक्षेप वृद्धि गरेको छ । कर्जा तर्फ पनि २० अर्बअर्थात ३४.४८ प्रतिशतले विस्तार गरेको छ । आव २०७६।७७ को अन्तिममा बैंकको निक्षेप ६५ अर्ब थियो भने कर्जा ५८ अर्ब रुपैँया थियो । आव २०७७।७८ को अन्तिममा आईपुग्दा बैंकले निक्षेप ९३ अर्ब र कर्जा ७८ अर्ब पुर्याएको छ ।

सेञ्चुरीको स्प्रेड दर पनि ३.३८ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ । स्प्रेड घटेकाले बैंकको खुद ब्याज आम्दानी भने २ अर्ब ६० करोड रुपैँया कायम भएको छ । आव २०७६।७६ मा भने त्यस्तो ब्याज आम्दानी २ अर्ब ६९ करोड रुपैँया थियो । सेञ्चुरीले गत आर्थिक वर्षमा ७५ करोड रुपैँया नाफा आर्जन गर्न सफल भएको छ । सेयर कारोबारमा खासै चासो नराखेको बैंकले जम्मा ६ करोड रुपैँया मात्रै त्यसबाट आर्जन गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको वितरण योग्य नाफा ५९ करोड रुपैँया छ । ९ अर्ब ३ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४२ करोड रुपैँया छ । बैंकले स्प्रेड दर, आधार ब्याजदर र कस्ट अफ फण्डमा भारी कटौती गरेको देखिन्छ । स्प्रेड दर ३.३८ प्रतिशतबाट घटाएर ३.२६ प्रतिशतमा झारेको छ भने आधार ब्याजदर ९.३८ प्रतिशतबाट ७.८० प्रतिशतमा झारेको छ ।

बैंकको कस्ट अफ फण्ड पनि ६.९४ प्रतिशतबाट घटेर ५.६६ प्रतिशत कायम भएको छ । सेञ्चुरीको प्रति सेयर आम्दानी ८.३० रुपैँया छ भने प्रति सेयर नेटवर्थ १२२.३४ रुपैँया रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्