Shikhar Insurance

मेलम्ची कहर: लेदोको शृङ्खला तत्काल नरोकीने भूगर्भविद्को प्रतिवेदन

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार ०९:२६
NIMB
Nabil Bank

काठमाडाैं । सिन्धुपाल्चोककाे मेलम्ची बजार, मेलम्ची खानेपानी योजनालगायतका क्षेत्रमा पूर्वाधार नष्ट गर्ने गरी निरन्तर आइरहेको लेदोको शृङ्खला रोक्न सरकारले संयुक्त पहल थालेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सडक विभाग, स्थानीय तहलगायत सरोकारवाला मन्त्रालय तथा निकायको संयुक्त पहलमा काम सुरु भएको हो ।

Citizen Life
Kumar Bank

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले तत्कालका लागि सम्पर्क सञ्जाल तोडिएका स्थानीय गाउँबस्तीलाई सम्पर्क सञ्जालमा जोड्ने अभियान सुरु भएको जानकारी दिए ।

माथिल्लो तटीय क्षेत्रमा चार दिन बसेर त्यहाँको वर्तमान अवस्थाको अध्ययन गरेर फर्किएको टोलीको अनुभव आदानप्रदान गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अध्ययनपश्चात् प्राधिकरणलाई आगामी योजना बनाउन सहज भएको बताए । उनले भने, “परिषद्को बैठकले गरेको निर्णय पछ्याउँदै विश्वव्यापी ज्ञानका साथै स्थानीय ज्ञान, सीप र संयुक्त अध्ययन गरेर नयाँ विकास र सम्पर्क सञ्जाल जोड्ने कामको थालनी भएको छ । ”

छिमेकी मुलुकमा भएका कामको अनुभवलाई समेत ग्रहण गरिने छ । छिमेकी मुलुक चीन र भारतका विज्ञसँग परामर्श भइरहेको छ । काम गर्दा नेपाली भूभागको परिवेशलाई हेरेर काम गर्नुपर्नेमा सबै निकाय सचेत छन् । सम्पर्क सञ्जाल जोड्नका लागि छिट्टै र सहजै बन्ने झोलुङ्गे पुल, स्याउली पुल, बेलीब्रिजलगायतका बाटो बनाउने योजनामा काम सुरु भएको छ । बेलीब्रिज बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ ।

मेलम्ची खोला पुरानो अवस्थाभन्दा निकै फरक तरिकाले बग्न थालेको अनुभव उनिहरूको छ । पहिरोका कारण च्यापिएर किनाराबाट बगिरहेको मेलम्चीले भेमाथानको तलतिर गहिरिँदै दुवैतर्फको पहाडमा पहिरो सक्रिय गराएको छ । मेलम्ची र पेम्दाङ खोला भेमाथानभन्दा अलि माथि मिसिएको छ ।

त्यसभन्दा तल बगेर आएको लेदोको ठूलो चौर बनेको छ । मेलम्चीतिरबाट भन्दा पनि पेमदाङ खोलाले अत्यधिक थेग्रान ल्याइरहेको पाइएको छ । भेमाथानभन्दा तल्लो तटीय क्षेत्रमा दर्जनौँ नयाँ पहिरो विकसित भएका छन् ।

वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाले सरदर ३० मिटरभन्दा अग्लो थेग्रान जम्मा भएको बताए । भेमाथानमा जम्मा भएको थेग्रान एक करोड पाँच लाख घनमिटरको छ । उनले अब पनि सामान्य वर्षाले मेलम्ची फेरि बढेर बस्ती पस्ने सम्भावना रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयका भूगर्भ विज्ञ डा. रञ्जनकुमार दाहालले पहिरो र बाढी आयो भने कस्तो विपत्को सामना गर्नुपर्ने हुन्छ भन्ने यो वर्षको बाढीबाट प्रस्ट भएको बताए । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बस्ती जोगाउन माथिबाटै सुरक्षाको उपाय अपनाउनुपर्नेमा जोड दिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्